१७ असार २०८३, बुधबार

बोरिङको खाल्डोमा यसरी डुब्यो बोलेरो (भिडियोसहित)

1.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, २० वैशाख । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १७ गैरीगाउँमा एक सवारी साधन बोरिङको लागि खनिएको पानी भरिएको खाल्डोमा डुबेको छ ।

हिजो दिउँसो स्थानीय हरि राईले बोरिङको लागि खनेको खाल्डो नजिक गैरीगाउँबाट चुच्चेखोलातर्फ जाँदै गरेको ना ४ च ४८३३ नम्बरको माछा बोक्ने सिङ्गल क्याप बोलेरो गाडी अचानक बाटोबाट चिप्लिन गई खाल्डोमा डुबेको जिल्ला प्रहरी कार्यालयले मकवानपुरले जनाएको छ ।

गाडी चालक हरि राई भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

घटनापछि त्यस स्थानमा पानी तान्नका लागि २ वटा मोटर पम्प प्रयोग गरिएको छ । पानीको सतह केही घटेको भए पनि सवारी साधन हालसम्म देखिएको छैन ।

खाल्डोको दायाँबायाँबाट माटो झरिरहेका कारण खाल्डो झन् ठूलो हुँदै गएको प्रहरीको भनाई छ ।

प्रहरीका अनुसार हालसम्म गाडी फेला पार्न सकिएको छैन र खोजी कार्य जारी छ ।