
काठमाडौं, २० वैशाख । नेकपा (एमाले)को संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो १ बजे बस्ने तय भएको मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
संसदीय दलको बैठकमा राष्ट्रपतिले शुक्रबार संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने कार्यक्रम छ ।
यस्तै, संसद्मा दलका तर्फबाट खेल्ने भूमिका बारेमा समेत छलफल हुने मुख्य सचेतक बर्तौलाले जानकारी दिए ।









प्रतिक्रिया