
काठमाडौं, १९ वैशाख । आज (शुक्रबार) बस्ने भनिएको मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा बिहान १० बजेका लागि बोलाइएको बैठक स्थगित भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
बैठक के कारणले स्थगित गरिएको भन्नेबारे भने केही कारण खुलाइएको छैन् । बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची रहेको थियो ।
सरकारको नीति तथा कार्यक्रम आजै दिउँसो ३ बजे बस्ने संघीय संसद्को बैठकमा प्रस्तुत हुनेछ ।








प्रतिक्रिया