३ श्रावण २०८३, आइतबार

केआईआईटी विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेला

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । भारतको ओडिसास्थित कलिंगा इंस्टिचुट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा अर्का एक नेपाली विद्यार्थी झुन्डिएको अवस्थामा मृत भेटिएकी छन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार बिहीबार साँझ विश्वविद्यालयको होस्टेलमा कम्प्युटर विज्ञानकी प्रथम वर्षकी छात्रा प्रिसा साह मृत फेला परेकी हुन् ।

स्थानीय प्रहरी घटनास्थलमा पुगेर शवलाई पोस्टमार्टमका लागि त्यहाँको एम्स अस्पताल पठाएको छ । प्रहरीले छात्राको परिवार र नेपाली राजदूतावासलाई घटनाको जानकारी गराएको बताइएको छ ।

यसैबीच, ओडिसा सरकारले मृतक छात्राको परिवारप्रति समवेदना व्यक्त गरेको छ । ओडिसा सरकारले दोषीलाई आवश्यक कारबाही गरिने आश्वासन दिएको छ ।

यसअघि गत फागुन ४ गते नेपाली विद्यार्थी प्रकृति लम्सालको पनि सोही विश्वविद्यालयमा शव फेला परेको थियो ।