२७ असार २०८३, शनिबार

अछाममा एमालेको नेतृत्व सर्वसम्मत चयन

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अछाम, १७ वैशाख । नेकपा एमाले अछामको अध्यक्षमा शिवप्रसाद उपाध्याय सर्वसम्मत चयन भएका छन् ।

मंगलबार सम्पन्न नवौं जिल्ल्ला अधिवेशन उपाध्यायको नेतृत्वमा ८७ सदस्यीय नयाँ कमिटी निर्विरोध चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष उपाध्याय हाल एमाले सुदूरपश्चिम प्रदेश कमिटीको सचिवालय सदस्य थिए ।

नवौं जिल्ल्ला अधिवेशनबाट उपाध्यक्षमा तिलक कुँवर, सचिवमा हिरण्य भट्टराई, सहसचिवमा गौमती शाही र टोपबहादुर शाही निर्वाचित भएका छन् भने जिल्ला कमिटीको सदस्यमा खुला, महिला र युवा दशवटै स्थानीय तहको प्रतिनिधित्व हुने गरेर ६७ जना, समावेशीतर्फको दलित, आदिवासी जनजाति, अल्पसंख्यक, अपाङ्गताबाट ११ जना जिल्ला कमिटी सदस्यमा निर्विरोध निर्वाचित भएको जनाइएको छ ।