
काठमाडौं, १७ वैशाख । नेपाली बजारमा आज बुधबार सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ७ सय रुपैयाँले घटेको हो । मंगलबार तोलाको १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८८ हजार १ सयमा कारोबार भइरहेको छ ।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ । तोलामा आज चाँदी १ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।








प्रतिक्रिया