१ श्रावण २०८३, शुक्रबार

सोती घटना : २३ जनाको जन्मकैद सजाय उच्‍च अदालतबाट पनि सदर

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुर्खेत, १६ बैशाख । २०७७ जेठ १० गते जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको सोती घटनामा संलग्न२३ जनाको जन्मकैदको फैसला उच्च अदालतबाट पनि सदर भएको छ ।

उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनामा २३ जनालाई जिल्ला अदालतको जन्मकैद फैसला सदर गरेको हो । न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले २३ जनाको जन्मकैद सदर गर्दै जातीय छुवाछुत कसुरमा दिइएको सजाय भने बदर गरेको छ ।

रूकुम जिल्ला अदालतले २३ जनालाई जन्मकैदको सजाय गर्दे जातीय भेदभाव तथा छुवाछुतमा दुई वर्ष कैद र ५० हजार रूपैयाँ जरिवाना गरेको थियो। जसअनुसार उच्चले जातीय भेदभाव र छुवाछुतको फैसला भने बदर गरको हो ।

सोती घटनामा नवराज विक, भेरी नगरपालिका–४ कै १७ वर्षीय गणेश बुढामगर, २१ वर्षका सञ्जु विक, भेरी नगरपालिका–११ का १८ वर्षीय लोकेन्द्र सुनार, गोविन्द शाही र रूकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का २० वर्षीय टीकाराम नेपालीको हत्या भएको थियो ।