१५ असार २०८३, सोमबार

झण्डै १८ अर्ब अवैध कारोबार गर्ने २१ जना पक्राउ

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ बैशाख । प्रहरीले झण्डै १८ अर्ब अवैध कारोबार गर्ने २१ जनालाई पक्राउ गरेको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १७ अर्ब ८६ करोड ७० लाख ३९ हजार १०७ रुपैयाँ अवैध कारोबार गरेको आरोपमा ११ जिल्लाबाट २१ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा मोरङका वीरेन्द्रप्रसाद साह र दिपेन्द्रप्रसाद साह, महोत्तरीका श्रवणकुमार साह, सप्तरीका तारालाल यादव, सर्लाहीका हरेराम महतो, धनुषाका नीरोजकुमार महतो, अलितादेवी महतो, प्रकाश सिंह र अरुण कुमार, पर्साका प्रदीपकुमार साह र धनुषाका संजीवकुमार महतो छन् ।

यस्तै, नवलपरासीका राजकमल लोनिया, भीमकुमारी गुरुङ, सप्तरीका रामविलास साह तेली र ममताकुमारी साह, पर्साका बिकर्ण जंग राणा, नवलपरासीका गणपती पाण्डे, वीरगंजका सलमा खातुन, सप्तरीका शुसिलाकुमारी काहु, चितवनका गोविन्दप्रसाद आचार्य र सप्तरकिा शम्भु मेहता पनि पक्राउ परेका छन् ।

विदेशबाट रेमिट्यान्सबापत प्राप्त हुने रकम आप्रवाहमा अवरोध गरी आन्तरिक रेमिट्यान्सको नाममा नेपालमा अवैध कारोबार ९भन्सार चोरी पैठारी, सुनको अवैध कारोबार, कर छली० लगायतमा संलग्न रहेका व्यक्ति तथा समूहले यस्तो अवैध कारोबार गरेको सीआईबीले जनाएको छ ।

यसरी प्राप्त गरेको गैरकानुनी रकमलाई डिजिटल वालेट (सजिलो पे र पेवेल नेपाल प्रा.लि.) कम्पनीहरूको नाममा नेपालमा रहेका बैंक खाताहरूमा जम्मा गर्नको लागि ‘मनी म्युल’हरूलाई परिचालन गरिएको विज्ञप्तिमा उल्लेख छ । थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।