२५ असार २०८३, बिहिबार

शिक्षा उपसमितिले गरिरहेको काम कारबाही मन्त्रीले सदनलाई जानकारी गराउनुपर्छ : सांसद थापा

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ बैशाख । नेकपा (एमाले) का सांसद सूर्य बहादुर थापाले शिक्षा ऐन सम्बन्धी बनेको उपसमितिमा भईरहेको कामको बारेमा सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरुलाई र सिंगो देशलाई जानकारी गराउन माग गरेका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा उनले उपसमितिमा भईरहेको कामको बारेमा शिक्षामन्त्रीले संसद मार्फत सिंगो देशलाई जानकारी गराउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘यो सदनमा शिक्षामन्त्रीले पनि विषयवस्तु राख्नुपर्छ, उहाँले यो संसद र संसद मार्फत सिंगो देशलाई जानकारी गराउनु पर्छ । शिक्षा उपसमिति जुन गठन भएको छ त्यहाँ सबै पक्षको सर्वसहमतिमा एकसरो हिसाबले सबै दफामा छलफल भईरहेको छ र अब केही छलफल जारी रहेका विषयलाई टुङ्गाउने क्रममा काम भईरहेको छ । उपसमितिमा भईरहेको कामलाई सरकार र शिक्षा मन्त्रालयले शिक्षकहरुलाई र सिंगो देशलाई जानकारी गराउनु पर्छ ।’

यस्तै, उनले बैशाख १४ गते भएको घटना दुःख लाग्दो भएको भन्दै प्रहरी र शिक्षक दुबै पक्षले धर्यताका साथ आफ्नो काम गर्नुपर्ने बताए ।

उनले भने, ‘हिजो भएको घटनाप्रति म दुःख व्यक्त गर्न चाहान्छु । यस्तो घटना नहुनु पर्ने थियो । प्रहरीहरु र शिक्षकहरु प्नि राष्ट्र सेवक हुन्, राष्ट्र सेवकहरु मथि यो खालको आन्दोलनको नाममा गरिने व्यवहार गर्नु उचित होईन् । म शिक्षकहरुलाई आफ्ना घोषित कार्यक्रमअनुसार नै सरकार, संसद, समाज र सिंगो देशको जुन ध्यानाकर्षण गराई रहनु भएको छ त्यो प्रक्रियालाई नै अगाडि आग्रह गर्न चाहान्छु र सुरक्षाकर्मीहरुलाई पनि संयम भएर काम गर्न आग्रह गर्न चाहान्छु ।’