
काठमाडौं, १४ बैशाख । अहिले सामाजिक सञ्जालमा पूर्व शिक्षामन्त्री विद्या भट्टराईको तस्वीर भाइरल भइरहेको छ । जसमा उनी सफा टेम्पो चढेर यात्रा गरिरहेकी छिन् ।
केही दिनअघिसम्म मन्त्री रहेकी भट्टराई टेम्पोमा यात्रा गरिरहेको तस्वीर सार्वजनिक भएपछि उनको प्रशंसा चुलिएको हो । मन्त्रीबाट राजीनामा दिएकै दिन उनले आफ्नो सरकारी निवास र सरकारी सवारी परित्याग गरेकी थिइन् ।
उनको तस्वीर एमालेकै अर्का सांसद तारा लामा तामाङले सार्वजनिक गरेका हुन् । उनले उक्त तस्वीर तीन दिन अगाडि खिचेको तर आज सार्वजनिक गरेको बताए ।
उनले भने, ‘उहाँको सादगीपन मन परेर मैले नै खिचेको हुँ । उहाँले अन्यथा मान्नुहोला कि भनेर दुई दिन सार्वजनिक गरिनँ । अनुमति लिएर आज राखेको हुँ ।’









प्रतिक्रिया