३० आश्विन २०८३, शुक्रबार

भाटभटेनी लुटपाट गर्ने काँग्रेस सहमहामन्त्रीको छोरा रहेको पुष्टि गर्न लिङदनेलाई काँग्रेसको चुनौती

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ बैशाख । नेपाली काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलाई काँग्रेस सहमहामन्त्रीमाथि लगाइएको आरोप पुष्टि गर्न चुनौती दिएको छ ।

आज प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले कांग्रेसका कुन सहमहामन्त्रीका कुन छोराले रक्सीको बोतल चोरेका हुन् त्यो प्रमाणित गर्नुपर्ने बताएका हुन् ।

उनले भने, ‘कुन चाहि सहमहामन्त्रीको कुन चाहि छोराले रक्सीको बोत्तल बोकेर हिँड्नुभएको हो त्यो प्रमाण पेस गर्नुपर्छ । होइन भन्ने उहाँको भनाइ रेकर्डबाट हटाउनुपर्छ ।’

अध्यक्ष लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको बताएका थिए ।