२१ असार २०८३, आइतबार

प्रहरीले दियो सांसद राई पक्राउ परेको जानकारी संसदलाई

1.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले संघीय संसदलाई दिएको छ ।

सभामुख देवराज घिमिरेलाई पत्र लेख्दै जिल्ला प्रहरी परिसर भद्रकालीले सांसद राई पक्राउ परेको बारेमा जानकारी गराएको हो ।

‘उपरोक्त सबन्धमा सुमन खनाल समेतको जाहेरीमा वादी नेपाल सरकार प्रतिवादी स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेका अध्यक्ष एवम् सञ्चालक गितेन्द्रबाबु राई समेत भएको ठगी र संगठित अपराध सबन्धी कसुर मुद्दामा भागी फरार रहेका प्रतिवादी माया राईलाई अनुसन्धानको क्रममा वैशाख १३ गते बुढानिलकण्ठ नगरपालिका–१० कपन स्थितबाट पक्राउ गरी यसका कार्यालयमा दाखिला हुन आएकी प्रतिवादी नेपाली कांग्रेसको वर्तमान संघीय प्रतिनिधि सभाको सदस्य माया राईलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको व्यहोरा सादर अनुरोध गरिएको छ’ प्रहरीले भनेको छ ।