२८ असार २०८३, आइतबार

सरकार र शिक्षक महासंघबीचको वार्ता सकियो

2.3k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । सरकार र आन्दोलनरत शिक्षकबीचको वार्ता सकिएको छ ।

सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा भएको आजको वार्ता सफल भएको र वार्तालाई निरन्तरता दिने निर्णय भएको नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए । तर अर्को वार्ताको समय टुंगो लागिनसकेको उनले बताए । वार्तासँगै आन्दोलन पनि जारी राख्ने सुवेदीले बताए ।

वार्ता कुनै निष्कर्षमा नपुगी टुंगिएको हो । वार्तामा सहभागी महासंघका प्रतिनिधिले आफ्ना सबै माग पूरा हुनुपर्ने अडान सरकारसँग राखेपछि निष्कर्ष ननिस्किएको बताइएको छ ।

वार्तामा सरकारको तर्फबाट नवनियुक्त शिक्षामन्त्री रघुजी पन्त र शिक्षासचिव दीपक काफ्ले तथा महासंघको तर्फबाट अध्यक्ष सुवेदीको नेतृत्वमा आन्दोलनरत शिक्षक सहभागी थिए ।