२७ असार २०८३, शनिबार

स्कुटर दुर्घटना हुँदा एमाले मकवानपुरका अध्यक्ष पोखरेल घाइते

952
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, १३ वैशाख । हेटौंडा उपमहानगरपालिका–५ स्थित पुष्पलाल पार्क अगाडिको भित्री सडक खण्डमा आज बिहान स्कुटर दुर्घटना हुँदा नेकपा (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल घाइते भएका छन् ।

शनिबार बिहान कमलडाँडाबाट हेटौंडातर्फ आउँदै गरेको प्र–३–००१ प. ५८०७ नम्बरको स्कुटर एक्कासि ब्रेक फेल भई अनियन्त्रित हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका ६२ वर्षीय पोखरेलको टाउको, निधार तथा दायाँ हातमा चोट लागेको प्रहरीले जनाएको छ ।

स्थानीयले घाइते पोखरेललाई उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालमा ल्याएको र अहिले उनको अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखरेलको अवस्थामा अचेत रहेको प्रहरीले जानकारी दिएको छ ।