
काठमाडौं, १३ वैशाख । सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडक केन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् ।
शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलन अन्तिम लडाईंमा पुगेको भन्दै सहभागिता बढाउन आग्रह गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, ‘हामी निर्णायक र अन्तिम लडाईंमा छौँ । यस्तो बेला नियमितभन्दा बढी बल लगाउनु पर्छ । यो कुरालाई मनन गरी सहभागिता बढाउनुहोला ।’
उनले आन्दोलनमा सहभागि नभई गाउँमै रहेका शिक्षकहरुलाई आन्दोलनले खोजेको भन्दै लेखेका छन्, ‘गाउँघरमै रहनुभएका साथीहरु, यो आन्दोलनले तपाईंलाई खोजीरहेको छ । सँगैका साथी आन्दोलनको मोर्चामा डटिरहँदा तपाईंको कर्तव्य के होला, एकपटक आफैंलाई सोध्नुहोला ।’ आन्दोलन स्थलमा पानीमा बोतलहरु छरप्रष्ट नपार्न भन्दै आफूले पानी खाएको बोटल आफैं लिएर जान उनले अनुरोध गरेका छन् ।












प्रतिक्रिया