
काठमाडौं, १३ वैशाख । काठमाडौंको स्वयम्भुस्थित एक रेष्टुरेन्टमा आगलागी भएको छ ।
शनिबार बिहान २ बजे काठमाडौंको स्वयम्भुस्थित बचन राईको दार्जलिङ मःम रेष्टुरेन्टमा आगलागी भएको हो । रेष्टुरेन्टमा आगलागी हुँदा नजिकै रहेको जुत्ता पसल, भाँडा पसल, रबर फ्याक्ट्री र प्रहरी चौकीमा समेत क्षति पुगेको छ ।

आगलागीको क्षतिबारे थप विवरण आउन बाँकी रहेको स्वयम्भुस्थित प्रहरी वृतका सहायक हवल्दार विष्णु थापाले जानकारी दिए ।








प्रतिक्रिया