६ श्रावण २०८३, बुधबार

एमाले संसदीय दलको बैठक बस्दै

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) संसदीय दलको बैठक आज (शनिबार) बस्दैछ । बैठक दिउँसो २ बजे संसद् भवन बानेश्वरमा बस्ने गरी बोलाइएको छ ।

एमाले प्रमुख सचेतक महेश बर्तौलाका अनुसार बैठकमा संसद्को बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे छलफल हुनेछ ।

बजेट अधिवेशनलाई कसरी सफल बनाउने र शिक्षकको मागलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।