
काठमाडौं, १३ वैशाख । नेपालका प्रथम जननिर्वाचित कम्युनिष्ट प्रधानमन्त्री तथा नेकपा (एमाले)का पूर्वअध्यक्ष मनमोहन अधिकारीको आज २६औँ स्मृति दिवस मनाइँदैछ ।
स्मृति दिवसमा मनमोहन स्मृति प्रतिष्ठानले बिहान ८ बजे प्रतिष्ठानको केन्द्रीय कार्यालय सानेपामा विशेष कार्यक्रमको आयोजना गरेको छ ।
नेपालको वाम–लोकतान्त्रिक आन्दोलनका लोकप्रिय नेता अधिकारीको नेतृत्वमा एमालेले विसं २०५१ मा ९ महिना सरकार चलाएको थियो । अधिकारी नेतृत्वको तत्कालीन सरकारले ‘आफ्नो गाउँ, आफै बनाऔँ’देखि सामाजिक सुरक्षा भत्ता, गाउँगाउँमा सहकारी लगायत लोकप्रिय कार्यक्रमको सुरुवात गरेको थियो ।
अधिकारी नेतृत्वकै सरकारले ज्येष्ठ नागरिकलाई वृद्धभत्ता दिन सुरु गरेको थियो । अधिकारी नेतृत्वको ९ महिने सरकारले गरेको लोकप्रिय कामको चर्चा अहिले पनि हुने गरेको छ ।
लोकप्रिय नेता अधिकारीको २०५६ साल वैशाख १३ गते चुनाव प्रचारप्रसारका क्रममा हृदयाघात भएर उपचारका क्रममा निधन भएको थियो ।








प्रतिक्रिया