५ श्रावण २०८३, मंगलबार

ओजपूर्ण अभिव्यक्तिले नै लोकतन्त्र सफल हुन्छ : गोकर्ण विष्ट

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ बैशाख । नेकपा (एमाले) का सांसद गोर्कण विष्टले देशलाई सहि बाटोमार्फत र जनतामा आशा जगाउने हिसावले अगाडि बढ्न जरुरी रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्नेगरी काम गर्न आवश्यक रहेको बताएका हुन् ।

उनले भने, ‘हामीले अधिकतम भन्दा अधिकतम सहमति, समझदारी र मर्यादाका आधारमा समाधान खोज्ने गरी काम गर्न सक्नुपर्छ । केही अराजकता, अस्थिरता चाहने शक्तिहरुले नेपाली समाजलाई दिशाविहीन बनाउने कोशिस गरिरहेका छन् । तर जनताले हामीलाई सुम्पिएको दायित्व भनेको देशमा देखापर्ने सम्भाविता, अराजकता र अस्थिरतालाई संबैधानिक कानूनी हिसावले नियन्त्रण गर्दै देशलाई सही बाटोबाट अगाडि लौजाने र जनतामा आशा जगाउने हिसावले अगाडि बढाउन जरुरी छ ।’

साथै उनले सांसदहरुले नै व्यक्त गर्ने ओजपूर्ण अभिव्यक्तिले नै देशको लोकतन्त्र सफलहुन सक्ने बताए । उनले सरकारले आमजनताका समस्याहरु समाधानगर्ने गरी, सम्भावनको अधिकतमउपयोग र चुनौतिहरुलाई सामना गर्नेगरी नीति कार्यक्रम र बजेट ल्याउनुपर्ने बताएका छन् ।

उनले भने, ‘सांसदहरुले नै व्यक्त गर्ने ओजपूर्ण अभिव्यक्तिले नै देशको लोकतन्त्र सफल हुन सक्दछ । संसदीय मर्यादा बलियो हुन सक्छ । सरकारले आम जनताका समस्याहरु समाधान गर्नेगरी, सम्भावनको अधिकतम उपयोग र चुनौतिहरुलाई सामना गर्नेगरी नीति कार्यक्रम र बजेट ल्याएर जनताकाबीचमा आशा जगाउने छ । उत्पन्न भएका अनेकौं संकटको समाधान लोकतन्त्रको अभ्यासद्वारा नै आशा जोगाउन आवश्यक छ ।’