९ असार २०८३, मंगलबार

आन्दोलनरत शिक्षकहरुलाई तीन दिनभित्र विद्यालय फर्कन सर्वोच्चको आदेश (पूर्णपाठसहित)

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । सर्वोच्च अदालतले आन्दोलनरत शिक्षकहरूलाई तीन दिनभित्र विद्यालय फर्कन आदेश जारी गरेको छ ।

रिट निवेदक श्रवणकुमार चौधरीको रिटमा सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले यस्तो आदेश दिएको हो ।

आदेशमा भनिएको छ, ‘आन्दोलनरत शिक्षकहरूका जायज र संविधानसम्मत मागहरू तत्काल सम्बोधन गर्ने सम्बन्धमा विपक्षी निकायहरूले उचित र आवश्यक निर्णय गरी यो आदेश प्राप्त भएका मितिले तीन दिनभित्र आन्दोलनरत शिक्षकहरू विद्यालयमा फर्की नियमित पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्नू ।’