
काठमाडौं, ११ वैशाख । नेकपा (एमाले)ले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंको भृकुटीमण्डपमा ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गरेको छ । कार्यक्रमले भृकुटीमण्डप गुञ्जायमान भएको छ ।
कलाकारहरूको प्रस्तुतिसँगै युवाको जमात लोकतन्त्रको पक्षमा नारा लगाउँदै रमाइलो गरिरहेकाले कार्यक्रमस्थल गुञ्जायमान भएको हो ।

कार्यक्रममा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी, नृत्यलगायत प्रस्तुत भइरहेका छन् । विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिइरहेका छन् ।
लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रम गरेको हो ।









प्रतिक्रिया