२७ असार २०८३, शनिबार

विकास देख्न नसक्नेले गणतन्त्रमाथि प्रहार गरिरहेका छन् : शिवकुमारी थारु

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी थारुले गणतन्त्र रक्षाका लागि सम्पूर्ण युवा एक भएर अघि बढ्ने बताएकी छन् ।

लोकतन्त्र दिवसको अवसरमा बहिबार भृकुटीमण्डपमा नेकपा (एमाले)ले आयोजना गरेको युथ सेलिब्रेशन कार्यक्रममा बोल्दै थारुले गणतन्त्रले राज्यका हरेक क्षेत्रमा सबै क्षेत्र, वर्ग र समुदायको सहभागिता सुनिश्चित गरेको दाबी गरिन् ।

‘विकास देख्न नसक्ने राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिले गणतन्त्रमाथि प्रहार गरिरहेका छन्, युवा शक्तिले त्यस्ता शक्तिलाई समाप्त पार्दै अघि बढ्नुपर्छ’, उनले भनिन् ।

समतामूलक समाज निर्माणका लागि गणतान्त्रिक व्यवस्थाले टेवा पुर्‍याएको उनले बताइन् । सङ्घर्षले ल्याएको गणतन्त्र रक्षाको लागि सम्पूर्ण युवा एकजुट भएर लाग्नु पर्नेमा उनले जोड दिइन् ।