२९ असार २०८३, सोमबार

लोकतन्त्र दिवस : ‘युथ सेलिब्रेशन’ले भृकुटीमण्डप गुञ्जायमान

364
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंको भृकुटीमण्डप गुञ्जायमान भएको छ ।

नेकपा (एमाले)ले जनताले जितेको दिनको अवसरमा आयोजना गरेको युथ सेलिब्रेशन कार्यक्रममा सहभागी हुन देशभरका युवाहरू लोकतन्त्र जिन्दावादको नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा हुने क्रम जारी छ ।

आजको कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक कार्यक्रम, झाँकी तथा नृत्य लगायत प्रस्तुत हुँदैछन् । विभिन्न ब्याण्ड र कलाकारले आफ्नो प्रस्तुति दिनेछन् ।

कार्यक्रम स्थलमा कलाकारहरू उपस्थित भएर कार्यक्रम स्थललाई गुञ्जायमान बनाउन सुरु गरिसकेका छन् । आजको कार्यक्रम अन्य कार्यक्रमभन्दा फरक हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहेकाका एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलले जानकारी दिए ।

देशैभरबाट काठमाडौं आएका युवाहरू भृकुटीमण्डपमा जम्मा हुने क्रम चलिरहेको छ । कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डप गइरहेका छन् ।

आज भृकुटीमण्डपमा हुने विशेष कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेको दाबी छ । कार्यक्रमलाई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा भाषणभन्दा बढी विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू प्रस्तुत हुने कार्यक्रमको समन्वय र सहजीकरण गरिरहेका ढुङ्गेलले बताए ।