९ श्रावण २०८३, शनिबार

हाल प्राप्त अधिकारहरु सित्तैमा आएको होइन : मन्त्री सिंह

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । उपप्रधान एंव सहरी विकासमन्त्री प्रकाशमान सिंहले जुन अधिकारहरु प्राप्त गरिराखेका छौँ ती अधिकारहरु सित्तैमा नआएको बताएका छन् ।

बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले धेरै लामो संघर्षपछि अधिकारहरु प्राप्त गरेकाले त्यसलाई सबैले सुरक्षित गर्ने जिम्मेवारी भएको बताएका हुन् ।

उनले भने, ‘जुन अधिकारहरु हामी प्राप्त गरिराखेका छौँ ती अधिकारहरु सित्तैमा आएको होइन । धेरै लामो संघर्षपछि यी अधिकारहरु प्राप्त गरेका छौँ । प्राप्त अधिकारहरुलाई सुरक्षित गर्ने तपाईं हामीहरुको जिम्मेवारी हो । सबैले के बुझ्नुपर्‍यो भने जसरी अहिले हामी भेला भएका छौँ त्यो अधिकार खोसियो भने के हुन्छ ? त्यो बुझ्न आवश्यक छ । अधिकारको कुरा पनि गरौँ, सँगसँगै आफ्नो जिम्मेवारीमा पनि जोड दिनुपर्छ ।’ साथै, उनले आम नेपाली जनतालाई सकारात्मक रुपमा प्रभाव पार्ने, कार्य गर्दाखेरि सजिलो हुने खालको प्रविधिलाई अगाडि बढाउन आवश्यक रहेको बताए ।

उनले राष्ट्रको आवश्यकता, समयको माग अनुसार र जनताले चाहे अनुसारको नीतिहरु अगाडि बढाउँदा सबैलाई राम्रो हुने बताए ।

Skip This