१८ असार २०८३, बिहिबार

‘युथ सेलिब्रेशन’का लागि भृकुटीमण्डपमा युवाहरुको भेला हुने क्रम जारी (तस्वीरहरु)

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । नेकपा (एमाले)ले लोकतन्त्र दिवसको अवसरमा आज काठमाडौंमा आयोजना गरेको युवा महोत्सवमा युवाहरू भेला हुने क्रम जारी छ ।

देशैभरबाट काठमाडौं आएका युवाहरू भृकुटीमण्डपमा जम्मा हुने क्रम सुरु भएको छ । एमालेले लोकतन्त्र दिवसलाई जनताले जितेको दिन, युथ सेलिब्रेशनको रूपमा मनाउँदैछ । कार्यक्रममा सहभागी हुन काठमाडौंका विभिन्न स्थलमा जम्मा भएका युवाहरू लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डप जाने क्रम जारी छ ।

आज भृकुटीमण्डपमा हुने विशेष कार्यक्रममा १ लाख युवा सहभागी हुने राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले बताए । कार्यक्रमलाई एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेल र विभिन्न उमेर समूहका युवा नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवलाई एमालेबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डङ्गोलका साथै युवा र विद्यार्थी नेताले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा विभिन्न कन्सर्ट, झाँकी, नृत्य र गीतहरू समेत प्रस्तुत हुँदै छन् ।