९ असार २०८३, मंगलबार

राप्रपाद्वारा जम्मू-कश्मीरको घटनाप्रति दुःख व्यक्त

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भारतको जम्मू-कश्मीरको पहलगाममा मङ्गलबार आतङ्कवादी समूहले पर्यटकको समूहमाथि गरेको आक्रमण गरेको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले विज्ञप्ति प्रकाशित गरी आक्रमणमा परी एकजना नेपाली नागरिकसहित २६ जनाको मृत्यु भएको र आक्रमणका कारण दर्जनौँ व्यक्ति घाइते भएका जनाउँदै मानवताविरोधी घटनाप्रति गहिरो दुःख प्रकट गरेका हुन् ।

पहलगाममा भएको अमानवीय र हृदयविदारक घटनाको राप्रपाले भत्र्सना गरेको अध्यक्ष लिङ्देनले बताए । उनले जुनसुकै भूगोल र जुनसुकै बहानामा हुने मानवता विरुद्धको आतङ्ककारी कार्य स्वीकार्य नहुने बताउँदै राप्रपा यस्ता आतङ्कवादी गतिविधिको सदैव विपक्षमा रहेको उल्लेख गरे ।

‘यस दुःखको घडीमा छिमेकी देश भारत, भारतीय जनता र भारत सरकारप्रति सहानुभूति व्यक्त गर्दछौँ । आतङ्कवादी आक्रमणबाट ज्यान गुमाएका नेपाली नागरिक रुपन्देहीको बुटवल–११ कालिकानगरका सुदिप न्यौपानेका साथै सबै मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारमा समवेदना प्रकट गर्दछौँ । साथै, घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ’, अध्यक्ष लिङ्देनद्धारा जारी विज्ञप्तिमा भनिएको छ ।