
काठमाडौं, ११ वैशाख । नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले आज पद तथा गोपनीयताको शपथग्रहण गर्दैछन् ।
पन्तलाई आज राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे शीतल निवासमा शपथग्रहण गराउने कार्यक्रम छ ।
एमाले सांसद पन्तलाई राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार शिक्षामन्त्रीमा नियुक्त गरेका हुन् ।
यसअघिका शिक्षामन्त्री विद्या भट्टराईले वैशाख ८ गते राजीनामा दिएपछि उनको स्थानमा पन्तलाई नियुक्त गरिएको हो ।
शपथग्रहणपछि पन्तले आजै कार्यभार सम्हानेछन् ।












प्रतिक्रिया