
काठमाडौं, ११ वैशाख । बुधबार एकैदिन ७५ सयले घटेको सुनको भाउ बिहीबार सामान्य बढेको छ । बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो ।
हिजो १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको भाउ आज १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ । अघिल्लो दिन तोलामा १ हजार ९६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बिहीबार बढेर तोलामा २ हजार १० रुपैयाँ पुगेको हो ।








प्रतिक्रिया