७ असार २०८३, आइतबार

एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । अमेरिकी सहायता परियोजना (एमसीसी) बन्द हुने भएको छ ।

एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले एमसीसी बन्द गर्ने निर्णय गरेको सीएनएनले जनाएको छ । बन्द हुनेबारे मंगलबार नै एमसीसीका कर्मचारीहरूलाई इमेलमार्फत सूचित गरिएको समाचारमा जनाइएको छ ।

यो परियोजनाअन्तर्गत नेपालमा पनि सडक र ऊर्जा क्षेत्रमा परियोजना सञ्चालनमा थियो । अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनको यो कदमसँगै नेपालमा सञ्चालित एमसीसीअन्तर्गतका परियोजनाहरू पनि बन्द हुने भएको छ ।

एमसीसी परियोजना सन् २००४ मा अमेरिकी कंग्रेसद्वारा राष्ट्रपति जर्ज डब्लू बुशको कार्यकालमा स्थापना गरिएको थियो ।