
काठमाडौं, ११ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को संसदीय दलको पूर्ण बैठक सिंहदरबारस्थित दलको कार्यालयमा जारी छ ।
बैठकमा शुक्रबारदेखि सुरु हुन लागेको संसदको बजेट अधिवेशनमा पार्टीको भूमिका र प्रस्तुतिको रणनीतिबारे छलफल भइरहेको बताइएको छ । साथै, संघीय निजामती सेवा विधयेक, विद्यालय शिक्षा विधेयकलगायतका महत्वपूर्ण विधेयकहरूमा संसदमा पार्टीले कसरी भूमिका खेल्ने भन्ने विषयमा पनि छलफल भइरहेको बताइएको छ ।








प्रतिक्रिया