
काठमाडौं, ११ वैशाख । राप्रपा नेपालको कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
आज दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बस्ने महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, आन्दोलनको तयारी र पार्टीको भूमिका तथा साङ्गठानिक गतिविधिका बारेमा छलफल हुने बर्तौलाले बताए ।
उनले भने ‘आजको बैठकमा केही महत्त्वपूर्ण विषयमा छलफल हुनेछ । अध्यक्ष कमल थापाले पछिल्लो परिस्थिति र भावि योजनाबारे खाकासहित धारणा राख्नुहुनेछ ।’








प्रतिक्रिया