३० आश्विन २०८३, शुक्रबार

मध्यपहाडी लोकमार्ग : हरिचोक–याम्दीखण्ड कालोपत्र गरिँदै

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, १० वैशाख । निर्माणाधीन राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गअन्तर्गत पोखराको हरिचोकबाट याम्दी पुलसम्मको चार ‘लेन’ सडक कालोपत्र गर्न सुरु भएको छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालका अनुसार मङ्गलबार रातिदेखि कसेरीचोकबाट कालोपत्रको कामसुरु भएको हो । ‘अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गर्न थालेका छौँ’, आयोजनाका सूचना अधिकारी किरण सुवेदीले भने । चालु आर्थिक वर्षभित्रमा कालोपत्र सम्पन्न गर्ने लक्ष्य छ ।

‘सार्वजनिक खरिद नियमावलीको १३औँ संशोधनबाट थपिएको म्यादसमेत अहिले सकिएको छ । सरकारले पुनः म्याद थप गरे सोहीअनुसार हुन्छ । नभए निर्माण कम्पनीसँग जरिवाना लिएर भए पनि सम्पन्न गर्छौं’, सुवेदीले भने ।

निर्माण कम्पनीसँग मूल्य अभिवृद्धि करसहित ४८ करोड रुपैयाँमा सडक निर्माणको सम्झौता भएको हो ।