३० आश्विन २०८३, शुक्रबार

आतंकवादी हमलाप्रति परराष्ट्रमन्त्रीद्वारा दुःख व्यक्त

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जम्मु कश्मीरको पहलगाममा जघन्य आतंकवादी हमलाबाट नेपाल सरकार स्तब्ध एवं दुःखी भएको बताएकी छन् ।

सामाजिक सञ्जाल एक्समार्फत उनले दुःख व्यक्त गर्दै निर्दोष व्यक्तिहरूको ज्यान लिने विवेकहीन हिंसाको कडा शब्दमा निन्दा गरेकी छन् । परराष्ट्रमन्त्रीले दुःखको यो कठिन समयमा पीडितहरू र उनीहरूका परिवारप्रति हार्दिक सहानुभूति व्यक्त गरेकी छन् । साथै, उनले घाइतेहरूको शीघ्र र पूर्ण स्वास्थ्यलाभको कामना गरेकी छन् ।

‘नेपाल सरकार दुःखको यस घडीमा भारत सरकार र त्यहाँका जनतासँग दृढ ऐक्यबद्धताका साथ उभिएको छ’, एक्समा उनले लेखेकी छन् ।

परराष्ट्रमन्त्री डा. देउवाले दुःखद् घटनामा नेपाली नागरिकको ज्यान गएको भन्ने विवरणको पुष्टि गर्ने प्रयास जारी रहेको जनाउँदै त्यससम्बन्धी विवरण प्राप्त हुनासाथ अद्यावधिक गरिने बताएकी छन् ।

भारतीय सञ्चारमाध्यमहरूका अनुसार मङ्गलबार अपराह्न भएको आक्रमणमा परी एक जना नेपालीसहित २६ जनाको ज्यान गएको छ भने अन्य १० जना घाइते भएका छन् ।