१ श्रावण २०८३, शुक्रबार

कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रत्ननगर, १० वैशाख । रत्ननगर नगरपालिका–१, निपनी चोकस्थित पूर्वपश्चिम राजमार्गमा कारले स्कुटर र इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिँदा तीन जना घाइते भएका छन् ।

टाँडीबाट भरतपुरतर्फ जाँदै गरेको ग ३ च ४९४९ नम्बरको कारले सोही दिशातर्फ गइरहेको ना ४३ प ७०६८ नम्बरको स्कुटर र एक इलेक्ट्रिक स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा स्कुटर चालक रत्ननगर–७ का ५५ वर्षीय झौरा महतो, पछाडि सवार ४९ वर्षीया पवि महतो र इलेक्ट्रिक स्कुटर चालक खैरहनी–१ की ३० वर्षीया नवीना महतो घाइते भएका छन् । उनीहरूको बकुलहर रत्ननगर अस्पताल टाँडीमा उपचार भइरहेको छ ।

प्रहरीले कार चालक तनहुँ भीमाद–७ का २९ वर्षीय सुजन अर्याल र तीनैवटा सवारीसाधनलाई नियन्त्रणमा लिएको छ ।