
काठमाडौं, १० वैशाख । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभकुमार थापाको निधन भएको छ ।
मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको नेपाल प्रहरीले जनाएको छ ।
थापाले २०३५ सालमा प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । उनकै अग्रसरतामा निमित्त आईजीपी निवास, कमाण्डो तालिमको सुरुवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण लगायतको स्थापना भएको थियो ।
प्रहरी महानिरीक्षक दीपक थापाले उनको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।












प्रतिक्रिया