३० आश्विन २०८३, शुक्रबार

एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि एमाले देशकै लोकप्रिय बन्यो : प्रधानमन्त्री ओली

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेलाई यत्रो आक्रमण, बदनाम गर्न खोज्नेहरुकै बीचमा पनि पार्टी टिकेको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले एमाले सिध्याउँछु भन्नेहरुकै अगाडि अहिले पनि एमाले देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित भएको बताएका हुन् ।

उनले भने, ‘दुई तिहाईमा पुगेको पार्टीलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं एमालेलाई भनेर, एमालेमै पसेर अगाएका किर्नाजस्ता टुम्मटुम्म भएकाहरु एमालेलाई टर्च बालेर खोज्दा पनि नभेट्ने बनाइदिन्छौं भन्दै हिँडे । यत्रो आक्रमण, यतिधेरै बदनाम गर्न खोज्दा पनि हामी टिकेका छौं । जनताकाबीचमा गएका छौं । जनताको विश्वास जितेका छौं । अहिले पनि नेकपा एमाले देशको सबैभन्दा लोकप्रिय पार्टीको रुपमा स्थापित छ । सिध्याउँछु भने पनि सबैभन्दा लोकप्रिय पार्टीको रुपमा अहिले पनि अगाडि छौं । सिध्याउँछु भन्दैमा एमाले सिद्दिनेवाला छैन । पार्टीको महान उद्देश्यप्रतिको लिडरसिपको धैर्यता, पार्टी पङ्तिको दृढताको कारणले एमाले सिधिँदैन ।’

साथै उनले कम्युनिष्ट पार्टीलाई एकताबद्ध हुन नदिने षड्यन्त्र भइरहेको बताए । उनले पार्टी भित्रबाटै विरोधीलाई सहयोग पुग्नेगरी बोल्ने गरेको भन्दै आपत्ति जनाए ।