२४ असार २०८३, बुधबार

सप्तकोशी नदीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इटहरी, ८ वैशाख । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तकोशी नदीमा नुहाउने क्रममा मामा–भान्जा बेपत्ता भएका छन् ।

सप्तकोशीमा बगेर बेपत्ता हुनेमा इटहरी उपमहानगरपालिका–१६ बालग्रामका ४० वर्षीय नवराज बास्तोला र उनका १६ वर्षीय भान्जा जेनिस आचार्य रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी योगराज खतिवडाले जानकारी दिए ।

उनीहरू सोमबार बराहक्षेत्र मन्दिर नजिकै नुहाउने क्रममा नदीको तीव्र बहावमा परेका थिए ।

परिवारका अनुसार सुरुवातमा भान्जा जेनिसलाई नदीले बगाएको थियो । उनलाई बचाउने प्रयासमा मामा नवराज पनि नदीमा फसेर बेपत्ता भएका हुन् ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले तत्कालै खोज तथा उद्धार कार्य सुरु गरेको छ । हालसम्म दुवै जना फेला नपरेको डीएसपी खतिवडाले जानकारी दिए ।