२१ कार्तिक २०८३, शनिबार

आज तीन संसदीय समितिको बैठक बस्दै

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । संघीय संसद्अन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज बस्दैछ ।

सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन माथि छलफल गरिने कार्यसूची रहेको छ ।

यस्तै, आज विधायन व्यवस्थापन समितिको ६२ औँ बैठक बस्ने भएको छ । अपरान्ह १ बजे सिंहदरवारमा बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा दफावार छलफल गरिने छ ।

आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पनि बैठक बस्दैछ । बैठक दिनको १२ः४५ बजे समिति हलमा बस्नेछ । आजको बैठकमा विधायन ऐन, २०८१ कार्यान्वयनमा समितिको भूमिका सम्बन्धमा समितिका पूर्वसभापति रामनारायण विडारीसँग छलफल गरिने कार्यसूचि रहेको छ ।