
काठमाडौं, ८ वैशाख । धरानका मेयर हर्क साम्पाङ र नेकपा (माओवादी केन्द्र)की नेतृ समेत रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालबीच सार्वजनिक रूपमा वाक्युद्ध सुरु भएको छ ।
मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत भरतपुरकी मेयर दाहाललाई धरान आएर ‘मान्छे मार्न नभई देश निर्माणमा कसरी जनशक्तिलाई जोड्न सकिन्छ’ भन्ने सिक्न आग्रह गरेका छन् ।
साम्पाङको यो प्रतिक्रिया केही दिनअघि मेयर दाहालले ‘हर्क साम्पाङले ठूला योजना गर्नुपर्थ्यो’ भन्ने अभिव्यक्ति दिएपछि आएको हो । सोही अभिव्यक्तिबाट आक्रोशित भएका साम्पाङले लामो स्टाटस लेख्दै जनताको शक्तिलाई ‘ढुङ्गा हान्न र भएको संरचना भत्काउन होइन, देश निर्माणमा प्रयोग गर्नुपर्छ’ भने ।
उनले मेयर दाहाललाई देश निर्माणको भिजन पनि सिकाउने बताउँदै भनेका छन् ‘स्वदेशी उत्पादनमा जोड दिनुपर्छ । यो हो भिजन । विचरा तपाईँलाई के थाहा श्रम र श्रमिकलाई अपमान पर्ने अभिव्यक्ति दिने तपाईँहरूको पार्टी’
साम्पाङले दाहालको पार्टीलाई ‘सामन्त र दलाल, पुँजीपतिहरूको पार्टी’ भएको आरोप लगाएका छन् । साथै, उनले रेनुका बुवा माओवादी केन्द्रका अध्यक्ष पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समेत विवादमा तानेका छन् ।
‘रेनुजी तपाईँको बाऊ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन पैसा मागेको २० लाख मात्रै छुट्टाइदियो त मैले के गर्ने ? बाऊ ठिक रैन छ पार्टी ठिक रहेन छ त !’ साम्पाङले लेखेका छन् ।
उनले धरानमा एयरपोर्ट निर्माण हुन नसकेको दोष पनि प्रचण्डमाथि थोपारेका छन् । ‘एयरपोर्ट मागेको तपाईँकै पार्टीको सुदन किराँती मन्त्री थिए र तपाईँकै बाऊ प्रधानमन्त्री थिए, विराटनगरमा छँदै छ किन चाहियो धरानमा भने ! ’ भन्ने प्रश्न उनले उठाएका छन् ।
साम्पाङले अहिलेका राजनीतिक दलहरू ठिक नभएको र विभेद गर्ने गरेको आरोप लगाउँदै लेखेका छन्, ‘अहिलेका पार्टी ठिक छैनन् । विभेद मात्रै विभेद गर्छ ! ’
उनले प्रचण्ड प्रधानमन्त्री रहँदा बजेट वितरणमा पनि भरतपुरलाई मात्र प्राथमिकता दिएको दाबी गरेका छन् । साम्पाङले रेनुलाई भनेका छन्, ‘तपाईँको बाउले नि प्रम हुँदा बजेट जति सबै तपाईँकै पालिकामा मात्रै खनाइदिएर विभेद गरे !’
साम्पाङले लेखेका छन्ः








प्रतिक्रिया