१३ असार २०८३, शनिबार

पाथीभरा जाँदै गरेको जिपमा करेन्ट लाग्दा ४ जनाको मृत्यु, २ को अवस्था गम्भीर

1.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । ताप्लेजुङको पाथीभरा जाँदै गरेको जिपमा बिजुलीको पोलबाट करेन्ट लाग्दा चार जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।

सदरमुकाम फुङलिङबाट पाथीभरा जाँदै गरेको मे १ च ३०११ नम्बरको जिप सेवारो चोकमा बिजुलीको पोलबाट लत्रिएको तारमा अल्झिएर आगो लागेको थियो ।

दुर्घटनामा चार जनाको मृत्यु भएको र दुई जना गम्भीर घाइते भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी भीम दाहालले जानकारी दिए । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल लगिएको उनले बताए ।

मृतक र घाइतेको परिचय खुलिनसकेको प्रहरीले जनाएको छ ।