९ श्रावण २०८३, शनिबार

शिक्षक आन्दोलनका कारण ग्रेड वृद्धि परीक्षा स्थगित

798
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी, ८ वैशाख । शिक्षकको आन्दोलनका कारण बैतडीको दोगडाकेदार गाउँपालिकाले परीक्षा स्थगित गरेको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै यही वैशाख १२ गतेदेखि हुने भनिएको आधारभूत तह कक्षा ५ र ८ को ग्रेड वृद्धि परीक्षा स्थगित गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत नन्दराज जोशीद्वारा जारी सूचनामा भनिएको छ, ‘शैक्षिक सत्र २०८१ को आधारभूत तह (कक्षा ५ र ८) को ग्रेड वृद्धि परीक्षा यही वैशाख १२ गतेदेखि सञ्चालन गर्ने भनी सूचना प्रकाशित गरिएकामा शिक्षक महासङ्घको आन्दोलनका कारण उक्त परीक्षा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित भएको छ ।’

वैशाख १२ गतेदेखि हुने भनिएको ग्रेड वृद्धि परीक्षा अनिश्चितकालका लागि स्थगित भएपछि विद्यार्थी मर्कामा परेका छन् ।

Skip This