१३ असार २०८३, शनिबार

वैशाख ११ अधिनायकवादविरुद्ध जनताले जितेको दिन : महासचिव पोखरेल

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले वैशाख ११ अधिनायकवादको विरुद्धमा जनताको विजयको दिन भएको बताएका छन् । सोही दिनको महत्त्व युवा पुस्तालाई बुझाउन वैशाख ११ गते काठमाडौंको भृकुटीमण्डपमा जनताले जितेको दिनको सेलिब्रेसन कार्यक्रम राखिएको महासचिव पोखरेलले बताए ।

एमालेले वैशाख ११ गते दिउँसो १ बजेबाट भृकुटीमण्डपमा ‘जनताले जितेको दिन, युवा सेलिब्रेसन’ कार्यक्रम आयोजना गर्दैछ । वैशाख ११ नेपालमा लोकतान्त्रिक गणतन्त्रको आधार तयार गर्ने दिन भएको उनले बताए ।

‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको आधार तयार गर्‍यो, राजनीतिक द्वन्द्व रुमल्लिएको मुलुकलाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्ने आधार तयार पार्‍यो, त्यो दिनलाई सुन्दर भविष्यको सपना देखेका युवाहरूलाई आफ्नो भविष्य सुन्दर बनाउने एउटा अवसरकार रूपमा, उत्सवका रूपमा वैशाख ११ गते युथ सेलिब्रेसन आयोजना हुँदैछ’, महासचिव पोखरेलले भने ।

महासचिव पोखरेलले लोकतन्त्र र स्वतन्त्रता यो धर्तीमा सबैभन्दा बढी बाँच्ने युवाको लागि बढी आवश्यक भएको बताए । त्यसैले यो उत्सवमा सहभागी भएर जनताले जितेको दिनलाई उत्सवको रूपमा मनाउन महासचिव पोखरेलले युवाहरूलाई आह्वान गरे ।