२३ असार २०८३, मंगलबार

नेपाल अडिटर्स एशोसिएसन बागमतीको अध्यक्षमा पुनः बर्तौला

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ७ वैशाख । नेपाल अडिटर्स एशोसिएसन (अडान) बागमती प्रदेश समितिको अध्यक्षमा रामकुमार बर्तौला पुनः चयन भएका छन् ।

शनिबार हेटौंडामा सम्पन्न अडानको सातौं अधिवेशनले बर्तौलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

कार्यसमितिको उपाध्यक्षमा द्वारिका रिजाल, लवप्रसाद सुवेदी, माधवप्रसाद बास्तोला, सचिवमा तेजप्रसाद रुपाखेती, कोषाध्यक्षमा मणिप्रसाद सुवेदी, सहसचिवमा लेखराज सापकोटा, सहकोषाध्यक्षमा इन्द्रमणी गैरे चयन भएका छन् ।

सदस्यहरुमा राजेन्द्रप्रसाद उप्रेती, यामप्रसाद काफ्ले, तेजप्रसाद आचार्य, मोहनप्रसाद पौडेल, भेषराज कोइराला लगायत २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो ।

नेपाल अडिटर्स एशोसिएसन (अडान)का केन्द्रीय अध्यक्ष केदारनाथ पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अडान निवर्तमान केन्द्रीय अध्यक्ष एवं सल्लाहकार समितिका संयोजक मोहनराज रेग्मी, वरिष्ठ उपाध्यक्ष बद्रीप्रसाद भट्टराई, विशेषज्ञ समितिका संयोजक सूर्यप्रसाद अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

नवनिर्वाचित प्रदेश समितिको पहिलो बैठकबाट सल्लाहकार समितिको संयोजकमा रोहितकुमार झा, विशेषज्ञ समितिको संयोजकमा सकुलकुमार श्रेष्ठ र अनुशासन समितिका संयोजकमा भेषराज कोइरालालाई चयन गरिएको अडान बागमतीले जनाएको छ ।