१७ असार २०८३, बुधबार

हुम्ला र पाल्पामा भीरबाट २ जनाको मृत्यु

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हुम्ला, ६ वैशाख । हुम्ला र पाल्पामा भीरबाट लडेर दुई जनाको मृत्यु भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिका–७ गोक्पा गाउँ नजिकैको वनमा बाख्रा चराउन गएकी अन्दाजी ४८ वर्षीया एक महिलाको लडेर मृत्यु भएको हो । आज दिउँसो गाउँ नजिकैको वनमा बाख्रा चराउन गएका बेला लडेर स्थानीय नानी ऐडीको लडेर मृत्यु भएको उनका आफन्त पूर्ण बुढाले जानकारी दिए ।

यस्तै, भीरबाट लडेर पाल्पामा एक पुरुषको मृत्यु भएको छ । जिल्लाको बगनासकाली गाउँपालिका–१ पिपरतुङका ६५ वर्षीय कृष्णबहादुर चिदीको घर नजिकैको भीरबाट लडेर मृत्यु भएको हो । सोही ठाउँको बेलटारीस्थित पूजामा जान भनेर हिँडेका उनी अबेरसम्म नफर्केपछि आफन्तले प्रहरीलाई खबर गरेका थिए । खोजी गर्ने क्रममा घरदेखि ३०० मिटर पश्चिमतर्फ रहेको भीरबाट २०० मिटर तल फोक्सिहर खोलामा खसेको अवस्थामा आज दिउँसो उनलाई मृत अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।