११ असार २०८३, बिहिबार

नेपाल–भारतका सुरक्षा अधिकारीहरुको सीमा सुरक्षासम्बन्धी बैठक सम्पन्न

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर, ६ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहारको मधुवनीमा आउने भएपछि नेपाल र भारतका सुरक्षा अधिकारीहरुबीच सीमा सुरक्षासम्बन्धी छलफल सम्पन्न भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी अप्रिल २४ तारिखका दिन बिहारको मधुवनीमा आउन लागेका हुन् । उनको भ्रमणलाई ध्यानमा राख्दै भारतीय सुरक्षा अधिकारीहरुको अगुवाईमा सीमा सुरक्षासम्बन्धी छलफल भएको हो ।

भारतको जयनगरमा भएको छलफलमा नेपालको तर्फबाट धनुषा, महोत्तरी, सिरहा तथा सप्तरीका प्रमुख जिल्ला अधिकारीहरु, प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुखको सहभागिता रहेको थियो भने भारतको तर्फबाट मधुवनी जिल्लाका सुरक्षा अधिकारीहरुको सहभागिता रहेको थियो ।

बैठकमा ७ बुँदे सुरक्षासम्बन्धी निर्णयहरु समेत भएको बताइएको छ ।