६ श्रावण २०८३, बुधबार

जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्छ : सभामुख

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । सभामुख देवराज घिमिरेले कानून कार्यान्वयनको सम्बन्धमा सांसदहरुले अध्ययन गर्ने आधार नभएको बताएका छन् । शनिबार राष्ट्रिय शासन शिखर सम्मेलन २०२५ कार्यक्रममा बोल्दै उनले बनेका कानूनको प्रभावकारी कार्यान्वयनको लागि सांसदहरुले सोच्ने, बुझ्ने र अध्ययन गर्ने आधार नभएको बताएका हुन् ।

उनले भने, ‘बनेको कानूनको कार्यान्वयन कसरी भइरहेका छन् भन्ने कुरा संसदले जति सांसद हुनुहुन्छ उहाँहरुलाई सरकारले कसरी काम गरिरहेको छ हामीले बनाएका कानूनहरु कार्यान्वयनमा कसरी गइरहेका छन् । त्यसमा सुधार गर्नुपर्ने जरुरी छ कि छैन ? संशोधन गर्न जरुरी छ कि छैन ? कानूनको प्रभावकारी कार्यान्वयनको लागि सरकारलाई कसरी निर्देशन गर्ने यतापट्टि सोच्ने बुझ्ने अध्ययन गर्ने आधार छैन । उहाँहरु जे काम गर्दै गइरहेको छ त्यसमा व्यस्तताका साथ काम गर्न परेको छ ।’ सभामुख घिमिरेले जिम्मेवारी तहमा पुगेकाहरु इमान्दार हुनुपर्ने बताए ।

‘जिम्मेवारी तहमा सुशाषन दिने दृढता हुनुपर्‍यो जिम्मेवारी तहमा इमान्दार हुनुपर्‍यो र त्यो गर्छु भन्ने प्रतिवद्धताको साथै समर्पणको पनि जरुरी हो,’ उनले भने । उनले पछाडि परेका समुदायलाई अगाडि बढाउन परिणाममुखी ढङ्गबाट काम गर्नुपर्ने बताए ।

‘समाजमा पछाडि परेको समाजलाई अगाडि बढाउने कुरा लामो प्रक्रिया हो । भन्नेबित्तिकै आउँदैन । कानूनी प्रवर्धनले मात्र पनि त्यो आवश्यकता पूरा गर्न सक्दैन । तर नीति बनाएर कार्यान्वयनमा लागेपछि कुन हदसम्म पछाडि पारिएका परेका वा दुर्गम क्षेत्रकाहरुलाई समावेश गर्ने कुरा कति भएको छ यसको समीक्षा गर्दा देखाउने कुरामा भइरहेको छभन्दा पनि परिणाममुखी ढङ्गबाट जानुपर्छ,’ उनले भने ।