
बुटवल, ६ वैशाख । रूपन्देहीको बुटवलमा एक युवतीमाथि गोली प्रहार भएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवल–११ बुद्धनगर बस्ने टिका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो । उनको ढाडमा गोली लागेको र लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
मोटरसाइकल चढेर आएको व्यक्तिले गोली हानेर भागेको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया