५ श्रावण २०८३, मंगलबार

रौतहटका छुट्टाछुट्टै स्थानमा आगलागी, २ करोड बराबरको क्षति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रौतहट, ६ वैशाख । रौतहटको छुट्टाछुटै स्थानमा गएराति भएको आगलागीमा करिब दुई करोड मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ । बौधीमाई नगरपालिका–५ कोपुवामा भएको आगलागीमा एक करोड ७६ लाख बराबरको क्षति पुगेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार स्थानीय धमेन्द्र जयसवालको तीन तल्लाको पक्की घरमा आगलागी भएको हो । घरको अन्डर ग्राउण्ड गोदाममा विद्युतको तार सर्ट भई आगलागी भएको रौतहट प्रहरी निरीक्षक उमाशंकर प्रसादले जानकारी दिए ।

उनका अनुसार अन्डर ग्राउण्ड गोदाममा रहेका कपडा र चप्पल लगायत गरी एक करोडको क्षति पुगेको छ । एक थान मोटरसाइकल र घरको अन्डर ग्राउण्ड गरी ७६ लाखको क्षति पुगेको उनले बताए । आगो सुरक्षाकर्मी, स्थानियबासी र गौर तथा बौधीमाई नगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक उमाशंकर बताए ।

यसैगरी, गौर नगरपालिका वडा नं. ४ कबिर चोकमा रहेको कृष्णन्नद पटेलको कच्ची घरमा आगलागी भएको प्रहरीले जनाएको छ । सोही घरमा रहेको मोटरसाइकल वर्कसपमा रहेको ५ थान मोटरसाइकल, वर्कसपमा रहेका टायर, मोबिल, हावाभर्ने टंकी लगायत गरी १४ लाख बराबरको क्षति पुगेको रौतहट प्रहरीले जानकारी दिएको छ । घरमा रहेको नास्ता पसलमा पनि आगोलागीबाट क्षति पुगेको छ । घर, वर्कसप र नास्ता पसल गरी २१ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

दुवै आगलागीका घटनामा मानवीय र पशु चौपयमा क्षति नभएको र घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जानकारी दिएको छ ।