२१ कार्तिक २०८३, शनिबार

राष्ट्रिय दृष्टिकोणविहीन आन्दोलनले देशलाई थप समस्यामा धकेल्न सक्छ : शंकर पोखरेल

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राष्ट्रिय हितलाई सबैभन्दामाथि राखेर सोच्नुपर्ने बताएका छन् । वर्गीय र सामुदायिक स्वार्थका कुरा उठाउँदा राष्ट्रिय हितलाई बिर्सन नहुने उनको धारणा छ ।

‘हरेकले आफ्नो वर्गीय र सामुदायिक स्वार्थको कुरा उठाउँदा राष्ट्रिय हितलाई बिर्सनु हुँदैन’, महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

राष्ट्रिय दृष्टिकोणबिना गरिने आन्दोलनले देशलाई थप समस्याग्रस्त बनाउने उनले उल्लेख गरेका छन् । ‘राष्ट्रिय दृष्टिकोण विना वर्ग वा सामुदायिक स्वार्थका लागि गरिने आन्दोलन र दबाबले देशलाई अझ समस्याग्रस्त बनाउन सक्छ’, महासचिव पोखरेलले लेखेका छन् ।