
काठमाडौं, ६ वैशाख । सञ्चारिका समूहको अध्यक्षमा कमला पन्थी निर्वाचित भएकी छन् । पन्थीले १४९ मत प्राप्त गरेर निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी पवित्रा सुनारले ८७ मत प्राप्त गरिन् ।
प्रमुख निर्वाचन अधिकृत शिव गाउँलेका अनुसार उपाध्यक्षमा बसन्ती बास्तोला, सचिवमा उर्वशी बस्न्यात, कोषाध्यक्ष साजना तामाङ निर्वाचित भएकी छन् । महासचिवमा भने राधा खनाल सर्वसम्मत निर्वाचित भएकी छन् ।
यसैगरी, सञ्चारिका समूहको ८ जना सदस्यमा भने अजवी पौड्याल, कल्पना शर्मा, कालिका शिवाकोटी, तारा चापागाई, दीपा रेग्मी, देवी साकोटा, विष्णु पन्थी र सम्झना वन निर्वाचित भएका छन् ।










प्रतिक्रिया